रूसी कूटनीतिलाई उच्च सम्मान: राष्ट्रपति पुटिनद्वारा वरिष्ठ कूटनीतिज्ञहरू राज्य पुरस्कारबाट विभूषित

काठमाडौं । रूसी संघका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिनले जनवरी २८, २०२६ मा जारी गरेको राष्ट्रपति आदेश (उकाज) नं. ३६ अनुसार रूसी संघको वैदेशिक नीतिको कार्यान्वयनमा पुर्याएको योगदान र दीर्घकालीन, इमानदार कूटनीतिक सेवाको कदर गर्दै विभिन्न वरिष्ठ कूटनीतिज्ञहरूलाई राज्यस्तरीय सम्मान प्रदान गर्नुभएको छ।
उक्त आदेशअनुसार, उज्बेकिस्तान गणतन्त्रका लागि रूसी संघका असाधारण तथा पूर्णाधिकारी राजदूत आलेक्सेई भ्लादिमिरोभिच येर्खोभलाई ऐतिहासिक तथा प्रतिष्ठित ‘अलेक्जान्दर नेभ्स्की’ पदक प्रदान गरिएको छ। यो सम्मान राष्ट्रको सेवा, नेतृत्व र कूटनीतिक दक्षताको प्रतीक मानिन्छ।
यसैगरी, कोस्टारिका गणतन्त्रका लागि रूसी संघका असाधारण तथा पूर्णाधिकारी राजदूत युरी वार्तानोभिच बेद्जान्यान लाई द्विपक्षीय मित्रता, सहकार्य र आपसी समझदारी सुदृढ बनाउन पुर्याएको योगदानको कदरस्वरूप ‘मैत्री पदक’ (Order of Friendship) प्रदान गरिएको छ।
त्यस्तै, टर्कीको अन्ताल्या स्थित रूसी संघका महावाणिज्यदूत सेर्गेई मिखाइलोभिच वेत्रिक लाई कूटनीतिक तथा कन्सुलर सेवामा देखाएको प्रतिबद्धता र व्यावसायिक उत्कृष्टताका लागि ‘स्वदेशप्रतिको सेवाका लागि’ पदक (दोस्रो श्रेणी) बाट सम्मानित गरिएको छ।
राष्ट्रपति आदेश मार्फत प्रदान गरिने यी सम्मानहरू रूसी कूटनीतिक सेवामा समर्पण, निरन्तरता र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कनका रूपमा हेरिएको छ। यसले विश्व मञ्चमा रूसी कूटनीतिक अभ्यास र पेशागत सेवाको महत्वलाई अझ उजागर गरेको विश्लेषकहरूको भनाइ छ।





