भद्रपुर विमानस्थलमा कडा सुरक्षा जाँच: ब्राउन सुगरसहित युवती पक्राउ

भद्रपुर। झापाको भद्रपुर विमानस्थलबाट लागू औषध कारोबार विरुद्ध गरिएको कडा निगरानीका क्रममा एक महिला ब्राउन सुगरसहित पक्राउ परेकी छन्। नियमित सुरक्षा जाँचकै क्रममा प्रहरीले १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको हो।

सोमबार साँझ विमानस्थलको सुरक्षा जिम्मेवारीमा खटिएको प्रहरी टोलीले भद्रपुरबाट काठमाडौं जान लागेकी एक महिलाको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा उनको साथबाट उक्त लागू औषध फेला पारेको जनाएको छ। लागू औषध लुकाइछिपाइ लैजाने प्रयास भइरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ घर भएकी २६ वर्षीया रोशनी बुढा रहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उनले ब्राउन सुगर विमान मार्फत राजधानी लैजान खोजेकी थिइन्।

घटनापछि बरामद गरिएको लागू औषधसहित रोशनी बुढालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले लागू औषध ओसारपसार तथा कारोबारविरुद्ध निगरानी र कारबाहीलाई अझ कडा बनाइने स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button