१९ चैत्र २०८२, बिहीबार

युवराज पारस शाह नर्भिक अस्पतालमा : ‘पेसमेकर’ परिवर्तन हुँदै

काठमाडौं । युवराज पारस शाहलाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ (हृदयको धड्कन नियमित बनाउने विद्युतीय यन्त्र) परिवर्तन गर्न अस्पताल लगिएको स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार शाहलाई बिहानै भर्ना गरिएको थियो। नियमित स्वास्थ्य जाँचपछि उनको पेसमेकर परिवर्तनको प्रक्रिया अगाडि बढाइने भएको छ। युवराजको स्वास्थ्य अवस्था भने सामान्य रहेको र भोलि नै उनी डिस्चार्ज हुने अस्पताल स्रोतले जानकारी दिएको छ।

पारस शाह राजा ज्ञानेन्द्र शाहका जेठा छोरा हुन्। उनलाई केही वर्षअघि पनि हृदयसम्बन्धी समस्या देखिएपछि पेसमेकर जडान गरिएको थियो। उक्त पेसमेकरको ब्याट्रीको अवधि पूरा भएसँगै अहिले नयाँ राख्नुपर्ने भएको छ।

पारस शाहको स्वास्थ्य परीक्षण र उपचारका लागि नियमित रूपमा अस्पताल आउने क्रम जारी छ। उनको यो नियमित प्रक्रियालाई सुरक्षा कारणले सामान्य राखिएको बताइएको छ।

यसअघि पनि पारस शाह विभिन्न समयमा स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल आइसकेका छन्। उपचारपछि उनी घर फर्किने चिकित्सकले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button