नेपालको विकासमा भारतले गरेको प्राविधिक तथा आर्थिक सहयोग महत्वपूर्ण: पूर्वराष्ट्रपति डा. रामबरण यादव

काठमाडौं, – भारतीय दूतावासद्वारा आयोजित ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’को समारोहमा पूर्वराष्ट्रपति डा. रामबरण यादवले नेपालको विकासमा भारतले गरेको प्राविधिक तथा आर्थिक सहयोग महत्वपूर्ण रहेको बताए।

ऐतिहासिक नेपाल-भारत सम्बन्धलाई स्मरण गर्दै यादवले दुई देशबीच धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराए। उनले स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा र प्राविधिक क्षेत्रमा भारतले पुर्याएको योगदानलाई नेपाली विकासयात्राको अभिन्न अंग बताए।

“विकासका विविध क्षेत्रमा भारतले गरेको सहयोग उल्लेखनीय छ,” पूर्वराष्ट्रपति यादवले भने, “आगामी दिनमा पनि यो सहकार्य प्रभावकारी रहनेमा मेरो विश्वास छ।”

समारोहलाई सम्बोधन गर्दै भारतका राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना र पत्रकार समेत ३५ हजारभन्दा धेरै नेपाली नागरिकले भारतको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत तालिम प्राप्त गरेको जानकारी दिए।

यस अवसरमा भारतीय सहयोगबाट तालिम प्राप्त विभिन्न क्षेत्रका प्रतिभारूले आफ्नो अनुभव साटासाट गरे र भने सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई रङ्गिलो बनाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button