अभिनेता थापालाई भारतको श्रद्धाञ्जली

काठमाडौं । नेपाली र भारतीय सिनेमाका अमर अभिनेता सुनील थापाको निधनमा भारतले गहिरो शोक व्यक्त गरेको छ। काठमाडौंस्थित भारतीय दूतावासले आज एक शोक सम्वाद जारी गर्दै थापाको स्मरणीय योगदानलाई नेपाल-भारतको सांस्कृतिक सम्बन्ध मिलनमा ठूलो हात रहेको बताएको छ।

दूतावासको फेसबुक पेजमा उल्लेख छ, “अभिनेता सुनील थापाको निधनले दुई मुलुकको सिनेमा क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ। उहाँले नेपाली र भारतीय चलचित्रहरूमा गरेको अविस्मरणीय कार्यले दुई राष्ट्रबीच सांस्कृतिक आदानप्रदान र सौहार्दलाई अग्रसर गरेको हो।”

सुनील थापाले ‘कसम’ लगायत धेरै भारतीय चलचित्रहरूमा अभिनय गरेका थिए भने नेपाली चलचित्र जगतमा पनि उनको योगदान ऐतिहासिक रहेको छ। उनको अभिनयले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिएको भारतीय दूतावासले बताएको छ।

यस अवसरमा दूतावासले थापाको शोकसन्तप्त परिवार, साथी र प्रशंसकहरूप्रति समवेदना व्यक्त गरेको छ। सिनेमा यात्रामा थापा दुवै मुलुकको साझा सांस्कृतिक धरोहर बनेको उल्लेख गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button