१२ बैशाख २०८३, शनिबार

आजको संसद बैठक : प्रतिनिधिसभामा तीन अध्यादेश पेश हुँदै, राष्ट्रियसभामा उपाध्यक्ष चयनको प्रस्ताव

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने तयारी छ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सो प्रस्तावमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’, र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ स्वीकृत गर्न माग गरिनेछ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा सांसद प्रेमप्रसाद दंगालले ‘लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्। साथै, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/८१ को २४औं वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि लिलाकुमारी भण्डारीको उम्मेदवारी प्रस्ताव आएपछि यस विषयमा विभिन्न दलको धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ। यसअघि राष्ट्रियसभाको उपाध्यक्ष पद रिक्त रहेको थियो। प्रतिनिधिसभामा भने तीन अध्यादेश स्वीकृतिपछि ती कानुन लागू हुनेछन्। आजको बैठकले संसद्को कार्य प्रक्रियालाई सहज बनाउनुका साथै केही महत्वपूर्ण कानुनी र संस्थागत निर्णयहरू अगाडि बढाउने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button