१२ बैशाख २०८३, शनिबार

हिजबुल्लाहद्वारा लेबनानी तटमा इजरायली युद्धपोटमाथि क्रुज मिसाइल आक्रमणको दाबी, आईडीएफ भन्छ : ‘जानकारी छैन’

तेल अभिव – लेबनानी सशस्त्र समूह हिजबुल्लाहले अप्रिल ५ मा लेबनानी तटबाट ६८ समुद्री माइल टाढा रहेको इजरायली नौसेनाको युद्धपोटमाथि क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ। अमेरिका–इजरायलले इरानमा सुरु गरेको युद्धको प्रत्यक्ष परिणामस्वरूप लेबनानमा सुरु भएको द्वन्द्वयता हिजबुल्लाहको यो पहिलो यस्तो दाबी हो।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै दाबी गरेको छ : “हामीले लेबनानी भूमिमाथि आक्रमण गर्ने तयारी गरिरहेको इजरायली युद्धपोटलाई निशाना बनाएका हौं। प्रत्यक्ष प्रहार भएको पुष्टि भएको छ।”

तर, सम्पर्क गर्दा इजरायली रक्षा बल (आईडीएफ) ले एएफपीलाई “हिजबुल्लाहको यस्तो कुनै आक्रमणबारे जानकारी नरहेको” बताएको छ। हालको द्वन्द्व सुरु भएदेखि नै इजरायली सेनाले अत्यन्त कडा सेन्सरशिप कायम गरेको छ।

विश्लेषकहरूका अनुसार गाजा पट्टीमा युद्ध सुरु भएपछि लेबनानमा भएको अघिल्लो द्वन्द्वकै क्रममा आईडीएफले हिजबुल्लाहको जहाजविरोधी क्षमतालाई नष्ट गरिसकेको व्यापक रूपमा विश्वास गरिन्थ्यो। तर हिजबुल्लाहको यो नयाँ दाबीले उसको सैन्य क्षमताबारे पुनः बहस सुरु गरेको छ।

यस घटनाले मध्यपूर्वमा बढ्दो तनाव र नौसैनिक द्वन्द्वको सम्भावनालाई पनि उजागर गरेको छ। तथापि, इजरायली पक्षको ‘जानकारी नभएको’ प्रतिक्रियाले यस दाबीको पुष्टि हुन भने बाँकी नै रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button