नेपाल–स्विजरल्याण्ड सम्बन्ध थप प्रगाढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र स्विस राजदूतबीच छलफल

काठमाडौँ । नेपालका लागि स्विजरल्याण्डकी राजदूत डा. ड्यानिएल मेउलीले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत मेउलीले स्विस परिसंघकी संघीय पार्षद् (विदेशमन्त्री) इग्नाजियो कासिसको तर्फबाट मन्त्री खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी छन्।
भेटवार्ताका क्रममा दुवै पक्षबीच नेपाल र स्विजरल्याण्डबीचको लामो समयदेखि रहेको मैत्री र सहकार्यलाई थप गहिरो बनाउने विषयमा विस्तृत छलफल भएको छ। सहकार्यका विभिन्न क्षेत्रहरू, विशेषगरी दिगो विकास, पर्यटन, शिक्षा, कृषि, प्रविधि र स्थानीय शासन सुधारका बारेमा दुई पक्षबीच विचार आदानप्रदान भएको बताइएको छ।






