चीन-नेपाल सम्बन्धः एउटै परिवारको अटल डोरी

सम्पादकीय

फागुन ५, २०८२ तदनुसार फेब्रुअरी १७, २०२६ – आज चिनियाँ नयाँ बर्ष अर्थात वसन्त पर्वको पावन अवसर। चिनियाँ समुदायले आजदेखि घोडा वर्षको स्वागत गर्दैछ। यस शुभ अवसरमा ड्रागन मिडिया सम्पूर्ण चिनियाँ दाजुभाइ तथा दिदीबहिनी र विश्वभर छरिएर रहेका चिनियाँ मूलका सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

घोडा वर्षको आगमनले नयाँ ऊर्जा, उमंग र प्रगतिको सन्देश बोकेको छ। चीनको समृद्ध सांस्कृतिक सम्पदा र निरन्तरताको प्रतीक यो पर्वले पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश पनि प्रवाह गर्दछ। चीनले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगति, प्राविधिक विकास र गरिबी निवारणका उपलब्धिहरू विश्वका लागि नै प्रेरणाको स्रोत बनेका छन्। राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा चीनले विश्व शान्ति र सहकार्यमा पुर्‍याइरहेको योगदान सदैव सराहनीय छ।

चीन र नेपालबीचको सम्बन्ध छिमेकी मात्र होइन; यो त इतिहासदेखि नै एउटै परिवारको सम्बन्ध रहिआएको छ। यस सम्बन्धको जरा सतहमा मात्र सीमित छैन, यो त हजारौं वर्ष गहिराइमा फैलिएको छ। इतिहासका पानाहरू पल्टाउने हो भने, ईशापूर्व १२९५ मा खस राजाको जेठी छोरी र चीनको तिब्बतका राजाका भाइबीच वैवाहिक सम्बन्ध स्थापित भएको थियो। यो वैवाहिक सम्बन्धले दुई राजपरिवारबीच मात्र नभई दुई भूगोल र दुई संस्कृतिबीच एउटा अटल डोरी बाँधेको थियो। त्यसपछि खस राजाले आफ्नो ज्वाइँलाई शासनसत्ता सञ्चालनको जिम्मेवारी दिएर राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको इतिहास छ।

यस सम्बन्धको अर्को अमूल्य प्रतीक हो– सुर्खेतको काँक्रेविहार। ईशापूर्व १३०५ मा निर्मित यस ऐतिहासिक विहारले नेपाल र चीनबीच त्यति बेलैदेखि रहेको धार्मिक, सांस्कृतिक र राजनीतिक सम्बन्धको प्रमाण दिन्छ। यी ऐतिहासिक घटनाक्रमले हामी दुई देशबीचको सम्बन्ध एउटै परिवारजस्तो रहेको र यसले राजनीतिक, सामाजिक एवम् सांस्कृतिक रूपमा एकअर्कालाई आत्मसात गरेको देखाउँछ।

आज पनि यो सम्बन्ध परस्पर सम्मान, विश्वास र साझा हितका आधारमा अघि बढिरहेको छ। व्यापार, पूर्वाधार विकास, पर्यटन, शिक्षा र जनस्तरको आदानप्रदानले दुई देशबीचको मित्रतालाई नयाँ उचाइमा पुर्‍याइरहेको छ। नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध छ र ताइवान चीनको अभिन्न अङ्ग हो भन्ने धारणालाई दृढतापूर्वक समर्थन गर्दछ।

यस पवित्र वसन्त पर्वका अवसरमा, हामी महान चिनियाँ जनताको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको कामना गर्दछौं। यो घोडा वर्षले चीन र नेपालबीचको शाश्वत मित्रतालाई अझ सबल बनाओस् र दुवै देशको जनताले शान्ति, समृद्धि र सुखको अनुभूति गरुन्।

चिनियाँ नयाँ बर्ष २०२६ को हार्दिक शुभकामना !
सिया निया फाई लो !

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button