युद्धको भ्रामक सूचना फैलाएको आरोपमा यूएई प्रहरीद्वारा ३७५ जना पक्राउ

अबुधाबी । युएईको अबुधाबी प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा ३७५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार युद्धसम्बन्धी गलत सूचना खिच्ने र साझा (शेयर) गर्ने व्यक्तिहरूलाई यो कारबाही गरिएको हो। प्रहरीले पक्राउ पर्नेहरूको राष्ट्रियता खुलाएको छैन।
पक्राउ परेकाहरूलाई कानुनी कारबाहीका लागि सार्वजनिक अभियोजनमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले डर फैलाउने र गलत जानकारी दिने काम कानुनविरुद्ध हुने भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। साथै, सबैलाई आधिकारिक स्रोतबाट आएको जानकारी मात्र विश्वास गर्न र हल्ला वा अपुष्ट खबर साझा नगर्न आग्रह गरिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको जनाएको छ।





