प्रधानमन्त्री भन्छिन् : ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ’

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको भ्रमणका क्रममा त्यहाँको प्रशासनिक नेतृत्व पूर्णरूपमा महिलाले सम्हालेको देखेपछि खुसी व्यक्त गरेकी छन्।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टर मार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामासहितको टोली विमानस्थलमा उपस्थित थियो। आफूलाई स्वागत गर्न आउने टोलीमा दुवै नेतृत्व महिला देखेपछि प्रधानमन्त्री स्पष्ट रूपमा प्रभावित भइन्।

स्वागतपछिको सामान्य भलाकुसारीमा उनले खुसी हुँदै भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ।’ यति मात्र होइन, प्रधानमन्त्री कार्की आफैंले ‘फोटो खिचौँ’ भन्दै सीडीओ शर्मा र डीएसपी लामालाई सँगै बोलाइन्। प्रधानमन्त्रीकै आग्रहमा तीनै जना महिला नेतृत्वको एकै फ्रेममा तस्वीर खिचियो।

प्रधानमन्त्रीको प्रेमिल व्यवहारले आफूहरू गद्गद भएको सीडीओ शर्माले बताइन्। ‘प्रधानमन्त्रीज्यूको यसरी हौसला मिल्दा आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न थप उत्साह थपिएको छ,’ उनले भनिन्।

यसअघि प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् भने जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचन लक्षित छलफल कार्यक्रममा सहभागी भएर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button