सिमाका चुनौतीबीच व्यवसायीद्वारा एसपी चन्दलाई भव्य स्वागत, सहकार्यको प्रतिबद्धता

नेपालगञ्ज / कैलालीको टिकापुरबाट सरुवा भई बाँकेमा कार्यभार सम्हाल्न आउनुभएका सशस्त्र प्रहरी बल ३० नं. गणका गणपति एसपी भिम बहादुर चन्दलाई नेपालगन्ज उद्योग वाणिज्य संघले आज एक विशेष समारोहमा भव्य स्वागत तथा सम्मान गरेको छ।

नेपालगन्जको सिमाना क्षेत्रमा बढ्दो चोरी–पैठारी र त्यसले व्यवसायीमा पुर्याएको आर्थिक नोक्सानीबारे गहिरो चासो व्यक्त गर्दै आयोजित उक्त कार्यक्रममा व्यवसायीहरूले आफ्ना पीडा र समस्याहरू खोलेर राखेका थिए। खुला सीमानाका कारण हुने अवैध आयात–निर्यात, बजार अस्तव्यस्तता र राजस्व चुहावटजस्ता विषयमा उनीहरूले चिन्ता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी चन्दले सशस्त्र प्रहरी सीमा सुरक्षालाई चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, “व्यवसायीहरूको समस्या समाधान र सुरक्षित व्यापारिक वातावरण निर्माणका लागि सशस्त्र प्रहरी सधैँ साथमा छ। सुरक्षा निकाय र व्यवसायीबीचको सहकार्य नै दिगो समाधानको आधार हो।”

संघका पदाधिकारी, स्थानीय व्यवसायी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी वक्ताहरूले नियमित संवाद र समन्वय बढाउँदै अवैध कारोबार नियन्त्रणमा ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button