२६ चैत्र २०८२, बिहीबार

‘युरेनियम रोक्ने सपना चिहानमै जान्छ’ : इरानी आणविक प्रमुखको द्विविधारहित जवाफ, युद्धविरामलाई शत्रुको हारको प्रमाण भन्दै व्याख्या

तेहरान । इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले बिहीबार कडा शब्दमा भनेका छन् कि देशको युरेनियम संवर्द्धन कार्यक्रम रोक्न ‘शत्रुहरू’ले गरेको माग केवल दिवास्वप्न मात्र हो। उनले यो कार्यक्रमलाई कुनै पनि कानुन वा व्यक्तिले रोक्न नसक्ने स्पष्ट पारे।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बद्ध नुर न्युजका अनुसार इस्लामीले तेहरानमा देशका पूर्व सर्वोच्च नेता अली खामेनीको ४०औं दिनको पुण्यतिथिको अवसरमा आयोजित शोकसभाका क्रममा पत्रकारहरूसँग यो धारणा राखेका हुन्।

उनले भने, “यी त उनीहरूले आफ्नै चिहानमा लिएर जाने सपनाहरू हुन्। यो (इरानको युरेनियम संवर्द्धन) कार्यक्रमको प्रगतिलाई कुनै पनि कानुन वा व्यक्तिले रोक्न सक्दैन।”

आणविक ऊर्जा सङ्गठन (एइओआइ) का प्रमुख इस्लामीले इरानलाई युरेनियम संवर्द्धनको अधिकारबाट वञ्चित गर्ने कुरा गर्नु नै अर्थहीन भएको बताए। उनले शत्रुहरूको सबै षड्यन्त्र र पछिल्लो ‘क्रुर’ युद्धसमेतले कुनै परिणाम नदिएको उल्लेख गर्दै भने, “र, अहिले उनीहरूले वार्ताको माध्यमबाट आफूले चाहेको परिणाम हासिल गर्न खोजिरहेका बेला यस्ता अभिव्यक्तिहरू केवल आफूलाई र इजरायलीहरूलाई सान्त्वना दिने प्रयास मात्र हुन्।”

उनले थपे, “दशकौंको शत्रुता र प्रतिकूल कारबाहीपछि आज शत्रुहरू हताशाको अवस्थामा पुगेका छन्, र उनीहरूको युद्धविरामको आह्वान नै उनीहरूको पराजयको प्रमाण हो।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै इरानले युरेनियम संवर्द्धन नगर्ने बताएका थिए। उनले भनेका थिए, “संयुक्त राज्य अमेरिकाले इरानसँग मिलेर काम गर्नेछ र गहिरो रूपमा गाडिएका सबै आणविक ‘धुलो’ (बी–२ बमवर्षक) खनेर हटाउनेछ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button