११ बैशाख २०८३, शुक्रबार

उपसभामुख चुनावको मौका छोप्दै रास्वपाको रणनीति बैठक : रुवीकुमारी ठाकुरलाई समर्थनको औपचारिक टुङ्गो लगाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख निर्वाचनकै दिन संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। पार्टी प्रवक्ता तथा सांसद मनिष झाका अनुसार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

आजै प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ। निर्वाचनको केही घन्टाअघि मात्र रास्वपाले संसदीय दलको बैठक बोलाएपछि यसलाई रणनीतिक रूपमा हेरिएको छ। उपसभामुख पदका लागि श्रम, उपभोक्ता, संस्कृति तथा पर्यटनमन्त्री रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दिएका छन्। मन्त्री ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

बैठकमा उपसभामुख निर्वाचनका सन्दर्भमा पार्टीको आधिकारिक धारणा तय गर्ने, सांसदहरूको उपस्थिति सुनिश्चित गर्ने र मतदान प्रक्रियाका बारेमा आवश्यक निर्देशन दिने विषयमा छलफल हुने बताइएको छ। सत्ता साझेदार दलहरूको समर्थन रहेकी मन्त्री ठाकुरको जित लगभग निश्चित मानिए पनि रास्वपाले आफ्ना सबै सांसदहरूको उपस्थिति र एकमत सुनिश्चित गर्न बैठकको आयोजना गरेको हो।

प्रतिनिधिसभामा हुने यो निर्वाचनले सत्ता गठबन्धन र विपक्षी दलहरूबीचको शक्ति सन्तुलनको सङ्केतसमेत गर्ने भएकाले सबै दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button