२७ बैशाख २०८३, आईतवार

अमेरिकी–इजरायली आक्रमणमा घाइते इरानका पूर्वविदेशमन्त्री तथा वरिष्ठ रणनीतिकार खर्राजीको निधन

तेहरान । इरानका वरिष्ठ कूटनीतिज्ञ तथा रणनीतिक परिषद्का प्रमुख कमाल खर्राजीको अमेरिकी–इजरायली आक्रमणमा परी घाइते भएपछि बिहीबार उपचारका क्रममा निधन भएको छ। अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले यसको पुष्टि गरेको हो।

इरानको विदेश नीति निर्माणमा प्रभावशाली भूमिका खेल्दै आएका खर्राजी गत अप्रिल १ मा भएको अमेरिकी–इजरायली हमलामा गम्भीर घाइते भएका थिए। उनले इरानको रणनीतिक विदेश सम्बन्ध परिषद्को नेतृत्व गर्दै आएका थिए र यसअघि इरानको विदेशमन्त्रीको रूपमा समेत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका थिए।

उनको निधनले इरानी कूटनीतिक वृत्तमा शोकको छाया परेको छ। खर्राजीलाई इरानको परमाणु वार्ता र पश्चिमा मुलुकहरूसँगको सम्बन्धमा सन्तुलित तर दृढ अडान राख्ने नेताका रूपमा चिनिन्थ्यो। उनको निधनले पश्चिम एसियामा जारी तनाव र युद्धविरामपछिको वार्ताको सन्दर्भमा इरानको कूटनीतिक पङ्क्तिमा ठूलो रिक्तता आएको विश्लेषकहरूको ठम्याइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button