सेना र प्रहरीबीच समन्वय र सहकार्य अभिवृद्धि

शिवपुरीका सैनिक अधिकृतद्वारा प्रहरी प्रधान कार्यालय अवलोकन

काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक विशेष अवलोकन भ्रमण सम्पन्न भएको छ। भारतको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमाण्ड एण्ड स्टाफ कोर्स (सि.सं. ३२) का तालिमरत १ सय ७ जना अधिकृतहरूको टोलीले नेपाल प्रहरीको केन्द्रीय कार्यालयको अवलोकन गरेको हो।

भ्रमण टोलीलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत गर्दै भ्रमण कार्यक्रमका बारेमा जानकारी गराएका थिए। उक्त अवसरमा सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरभित्र रहेका विभिन्न प्राविधिक तथा ऐतिहासिक खण्डहरूको अवलोकन गरे। उनीहरूले डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन (झूट पत्ता लगाउने परीक्षण एकाइ), अत्याधुनिक डाटा सेन्टर र प्रहरी सङ्ग्रहालयको समेत भ्रमण गरी प्रहरी प्रविधि र इतिहासबारे जानकारी लिए।

अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबराले नेपाल प्रहरीको परिचय, ऐतिहासिक विकासक्रम, प्रमुख कार्य कर्तव्य र वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण दिएका थिए। उनले नेपाली सेना र नेपाल प्रहरीबीच रहेको समन्वय र सहकार्यको अवस्था, प्रदेश समायोजनपछिका गतिविधि र दुई सुरक्षा निकायबीचको आपसी सहकार्यका क्षेत्रहरूबारे प्रकाश पारेका थिए।

यस अवलोकन भ्रमणले दुई सुरक्षा निकायबीचको आपसी समझदारी, सहकार्य र भ्रातृत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button