२२ बैशाख २०८३, मंगलवार

मतदाताको घरदैलोमै पुगेर काउन्सिलर भुटियाले भनिन् “तपाईंहरूको विश्वास नै मेरो शक्ति, समावेशी विकासमा कुनै सम्झौता हुँदैन”

गान्तोक (सिक्किम) । गान्तोक नगर निगम (जीएमसी) को विकास वडाकी नवनिर्वाचित काउन्सिलर श्रीमती छिरिङ पाल्देन भुटियाले आज आफ्नो वडाभरिका घरदैलोमा पुगेर स्थानीय बासिन्दाहरूलाई अत्यधिक समर्थन र विश्वासप्रति हार्दिक आभार व्यक्त गरिन्।

काउन्सिलर भुटियाले वडास्तरीय सीएलसी कार्यकारी सदस्यहरू, बीएलसी, डब्लूएलसी र वडाको नारी शक्तिका प्रतिनिधिहरूको सहभागितामा गरिएको उक्त भ्रमणका क्रममा विपन्न तथा सहयोगापेक्षी परिवारहरूलाई सहयोगी हात अघि बढाइन् भने परिवारका सदस्यहरूसँग घनिष्ठ भेटघाट र अन्तरक्रिया गरिन्।

भ्रमणका अवसरमा काउन्सिलर भुटियाले जनताले आफूमाथि गरेको विश्वासलाई आत्मसात गर्दै समावेशी विकास र जनसेवाप्रति दृढ प्रतिबद्धता दोहोर्याइन्। उनले वडावासीको हरेक दुःख-सुखमा साथ रहने र पालिकाको सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने अठोट व्यक्त गरिन्। यस भ्रमणले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएको विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button