१७ बैशाख २०८३, बिहीबार

‘पिङपोङ’ को ५५ वर्ष : हान झेङको आह्वान “इतिहासबाट पाठ सिकौं, साझेदार बनौं”

बेइजिङ । चिनियाँ उपराष्ट्रपति हान झेङले शुक्रबार बेइजिङमा चीन–अमेरिका ‘पिङपोङ कूटनीति’ को ५५औं वार्षिकोत्सव तथा चीन–अमेरिका युवा खेलकुद आदानप्रदान कार्यक्रमको उद्घाटन समारोहमा राष्ट्रपति सी जिनपिङको बधाई पत्र वाचन गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा प्रवेश गराउन ‘इमानदारी र ठोस कदम’ को आवश्यकता रहेको बताए।

चीन–अमेरिका पिङपोङ कूटनीतिको ऐतिहासिक महत्त्वको समीक्षा गर्दै उपराष्ट्रपति हानले द्विपक्षीय सम्बन्ध हाल एक महत्त्वपूर्ण मोडमा रहेको र दुई देशले गर्ने रणनीतिक छनोटले विश्व व्यवस्थाको दिशालाई पुनः प्रभावित गर्ने बताए। उनले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै भने, “चीन र अमेरिका साझेदार र मित्र हुनु इतिहासको पाठ र वर्तमानको आवश्यकता दुवै हो।”

उपराष्ट्रपति हानले अभ्यासले स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धले दुई जनताको साझा हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा पूरा गर्ने कुरा प्रमाणित गरेको बताए। उनले दुवै पक्षलाई इतिहासबाट अनुभव लिन र दुई राष्ट्र प्रमुखबीच भएको महत्त्वपूर्ण सहमतिलाई मार्गदर्शकका रूपमा प्रयोग गर्न आह्वान गर्दै एकअर्काप्रति सम्मानजनक दृष्टिकोण, शान्तिपूर्ण सहअस्तित्वको आधार र जित–जित सहकार्यको सम्भावनाको पक्षमा उभिनुपर्ने बताए।

उनले नयाँ युगमा पिङपोङ कूटनीतिको भावनालाई पुनर्जीवन गर्न थप इमानदारी र ठोस कार्यहरू आवश्यक रहेको औंल्याउँदै दुवै पक्षले जनस्तर, स्थानीय र युवा आदानप्रदान तथा सहकार्यका लागि सेतु निर्माण गर्नुपर्नेमा जोड दिए। समारोहका क्रममा उनले दुवै देशका अतिथिहरूसँग मिलेर चीन–अमेरिका युवा खेलकुद आदानप्रदान कार्यक्रमको उद्घाटन पनि गरे।

उनले चीनमा खेलकुद आदानप्रदानमा सहभागी हुन आउने अमेरिकी किशोरकिशोरीहरूले जिज्ञासा लिएर आउने र चीनप्रति वस्तुनिष्ठ बुझाइ तथा चिनियाँ साझेदारहरूसँगको अमूल्य मित्रता लिएर फर्किने आशा व्यक्त गर्दै चीन–अमेरिका मैत्रीपूर्ण आदानप्रदानको नयाँ अध्याय संयुक्त रूपमा लेख्न आह्वान गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button