१२ बैशाख २०८३, शनिबार

वार्ता बिना नतिजा टुङ्गियो : इरानी प्रतिनिधिमण्डल इस्लामाबादबाट प्रस्थान

इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिकासँगको वार्ता बिना सम्झौता टुङ्गिएपछि इरानी प्रतिनिधिमण्डल आइतबार त्यहाँबाट प्रस्थान गरेको समाचार संस्थाहरूले जनाएका छन्।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्तामा कुनै सम्झौता हुन नसकेको बताउँदै इस्लामाबादबाट प्रस्थान गरिसकेका थिए। मध्यपूर्वमा जारी तनावलाई दीर्घकालीन समाधानतर्फ लैजान पाकिस्तानको मध्यस्थतामा भएको यो वार्ता हाललाई विना निष्कर्ष टुङ्गिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button