१७ बैशाख २०८३, बिहीबार

ढाइ घन्टाको यात्रा २५ मिनेटमा : भियतनामले सुरु गर्यो ३५० किमि प्रतिघन्टाको पहिलो उच्चगति रेलमार्ग निर्माण

हनोई । भियतनामले आइतबार बिहान आफ्नो पहिलो उच्चगति रेलमार्गको निर्माण औपचारिक रूपमा सुरु गरेको छ। स्थानीय सञ्चारमाध्यम भीएनएक्सप्रेसका अनुसार राजधानी हनोई, बाक निन्ह प्रान्त, हाइ फोङ सहर र क्वाङ निन्ह प्रान्तलाई जोड्ने यो रेलमार्ग १२० किलोमिटर लामो हुनेछ।

प्रतिवेदनअनुसार यो लाइन डबल–ट्रयाक, मानक गेजको विद्युतीय रेलमार्गको रूपमा डिजाइन गरिएको छ, जसको अधिकतम गति ३५० किलोमिटर प्रतिघन्टा रहनेछ। करिब १४७.३७ ट्रिलियन भियतनामी दोङ (करिब ५.८७ अर्ब अमेरिकी डलर) को कुल लगानी रहेको यो परियोजना सन् २०२८ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।

यो रेलमार्ग सम्पन्न भएपछि हनोई र क्वाङ निन्हबीचको यात्रा अवधि हालको २ देखि २.५ घन्टाबाट घटेर २५ देखि ३० मिनेटमा सीमित हुनेछ भने क्षेत्रीय सम्पर्क सञ्जाल र आर्थिक वृद्धिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button