२९ चैत्र २०८२, आईतवार

भक्तपुर झुम्दै छ बिस्का जात्रामा : भैरवनाथको रथ तानातानसँगै सुरु भयो नौ दिने सांस्कृतिक महोत्सव

भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध बिस्का जात्रा यतिबेला भव्य रूपमा मनाइँदै छ। शुक्रबार साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याएपछि भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको औपचारिक सुरुआत गरिएको थियो। योसँगै भक्तपुर अबको नौ दिन र आठ रातसम्म जात्राको रौनकमा झुम्ने भएको छ।

बिस्का जात्रालाई भक्तपुरवासीले नयाँ वर्षको आगमनसँगै मनाउने सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिने गर्दछन्। रथ तानातान, लिङ्गो उठाउने, खत जात्रा लगायतका परम्परागत गतिविधिहरूले भक्तपुरको मौलिक संस्कृतिको जीवन्त झल्को दिने गर्दछ। जात्रा अवधिभर भक्तपुरमा स्थानीय तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button