२९ चैत्र २०८२, आईतवार

मुख्यमन्त्रीद्वारा श्री महाकाल मन्दिरमा सिक्किमवासीका लागि शान्ति र समृद्धिको प्रार्थना

गान्तोक (सिक्किम) । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गाेलेले बहुधार्मिक सद्भाव र विविधतामा एकताको अटल भावनाको प्रतीक मानिने श्री महाकाल मन्दिरको भ्रमण गरी पूजाअर्चना गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्दै मन्दिरको पवित्र र शान्त वातावरणमा सम्पूर्ण सिक्किमवासीका तर्फबाट हार्दिक प्रार्थना गर्दै प्रिय राज्यमा शान्ति, समृद्धि र निरन्तर कल्याणको कामना गरेको बताएका छन्।

उनले लेखेका छन्, “यस पवित्र स्थानमा विद्यमान दैवीय कृपाले हामी सबैलाई सद्भाव, करुणा र सामूहिक प्रगतितर्फ मार्गदर्शन गरोस्, र यसको पावनताले हरेक हृदयमा आशा र आध्यात्मिक शक्तिको सञ्चार गरिरहोस्।” श्री महाकाल मन्दिर सिक्किमको एक महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा परिचित छ, जहाँ विभिन्न धर्मावलम्बीहरूको आस्था र विश्वासको सङ्गम देख्न सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button