२९ चैत्र २०८२, आईतवार

राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच शीतल निवासमा भेटवार्ता, दाहालले टर्की भ्रमणबारे जानकारी गराए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आइतबार शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेलको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा हुने अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

यो भेटवार्ता दुई उच्च पदस्थ अधिकारीहरूबीचको नियमित भेटघाटको एक भागका रूपमा भएको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button