२९ चैत्र २०८२, आईतवार

प्रधानमन्त्री बालेनलगायतलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल सर्तसहित रिहा

पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत २६ गते पक्राउ परेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो। उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button