१६ बैशाख २०८३, बुधबार

दिवङ्गत खाती र राईप्रति मुख्यमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जलि, शोकाकुल परिवारमा समवेदना

गान्तोक (सिक्किम) । सिक्किमका मुख्यमन्त्रीले पावर कलोनी, पिपलायस्थित स्वर्गीय हर्कबहादुर खाती र मेयोङस्थित स्वर्गीय ताराकुमार राईको निवासमा पुगी दिवङ्गत आत्माहरूप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्। सो क्रममा मुख्यमन्त्रीले शोकाकुल परिवारजन र आफन्तहरूमा हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित प्रार्थना गरेका थिए।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, “पावर कलोनी, पिपलायस्थित स्वर्गीय श्री हर्कबहादुर खाती र मेयोङस्थित स्वर्गीय श्री ताराकुमार राईको निवासमा पुगी दिवङ्गत आत्माहरूप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरें। शोकाकुल परिवारजन र आफन्तहरूमा हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरें।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button