३० चैत्र २०८२, सोमबार

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सुरु : २२ एमएमको ढुंगा निकाल्दै डाक्टरहरू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया थालिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए। ‘उहाँलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ,’ आचार्यले भने, ‘शल्यक्रिया सकिएपछि अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्छ।’

अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ। जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए। शल्यक्रिया सफल भएपछि ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक जानकारी दिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button