३० चैत्र २०८२, सोमबार

हर्मुज नाकाबन्दीमा चीनको टिप्पणी

'सुरक्षा र अवरोधरहित आवागमन अन्तर्राष्ट्रिय समुदायको साझा हित हो, सबै पक्षले संयमता अपनाऊन्'

बेइजिङ । चीनले ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षा, स्थिरता र अवरोधरहित आवागमनको रक्षा गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा हित भएको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा यो धारणा राखेका हुन्। उनको यो टिप्पणी अमेरिकी नौसेनाले उक्त जलडमरुमध्य प्रवेश गर्ने वा बाहिरिन खोज्ने जहाजहरूलाई रोक्न सुरु गर्ने घोषणापछि आएको हो।

प्रवक्ता गुओले हर्मुज जलडमरुमध्य अन्तर्राष्ट्रिय वस्तु तथा ऊर्जा व्यापारको लागि एक महत्त्वपूर्ण मार्ग भएको उल्लेख गर्दै यस जलमार्गमा आवागमन अवरुद्ध हुनुको मूल कारण इरान द्वन्द्व नै रहेको र यसको समाधान सकेसम्म चाँडो युद्धविराम हासिल गर्नु रहेको बताए। उनले सबै पक्षहरूलाई शान्त र संयमता अपनाउन आह्वान गर्दै चीनले यस विषयमा सकारात्मक र रचनात्मक भूमिका खेल्न जारी राख्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button