ऋषि धमलाको रिपोर्टर्स क्लबमा लाग्यो ताला
७० लाख बक्यौता भाडा नतिरेपछि समाज कल्याण परिषदद्वारा दुवै ढोका बन्द

काठमाडौं । पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आएको रिपोर्टर्स क्लबमा समाज कल्याण परिषदका कर्मचारीले ताला लगाइदिएका छन्। राजधानीको भृकुटीमण्डपस्थित उक्त क्लबले भाडा नतिरेको जनाउँदै आज दिउँसो क्लबको दुवै ढोकामा ताल्चा लगाइएको हो।
समाज कल्याण परिषदका अनुसार परिषदको भवनमा सञ्चालित उक्त क्लबले तोकिएको भाडाबमोजिम ७० लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ। बारम्बार ताकेता गर्दा पनि बक्यौता भाडा नतिरेपछि यस्तो कदम चाल्नुपरेको परिषद पक्षको भनाइ छ।





