१० बैशाख २०८३, बिहीबार

सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छ : सांसद विष्टको गम्भीर आरोप

काठमाडौं । राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सरकारले दुई तिहाइको बलमा संविधान र कानुनमाथि आक्रमण गरिरहेको बताए। संविधान, कानुन र विधि नजानेकाहरूले मुलुकलाई अप्ठ्यारोमा पार्ने अवस्था रहेको सांसद विष्टको भनाइ थियो।

उनले भने, ‘विद्यार्थी संगठन हुँदै पार्टीमाथि नै प्रतिबन्ध लगाउने यिनीहरूको जुन हर्कत देखिँदै छ, प्रधानमन्त्री कार्यालयमा कानुन नै थाहा नभएका मानिसहरूको बिगबिगी छ। न यिनले संविधान पढेका छन्, न कानुन पढेका छन्, न विधि पढेका छन्, न अनुशासन। दुई तिहाइ भयो, जबरजस्ती गरिहालिन्छ भन्ने बुझाइ छ।’ सांसद विष्टले सरकारले अनावश्यक रूपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्तिसमेत जनाए। उनको यो अभिव्यक्तिले सत्तारूढ दल र प्रतिपक्षीबीचको तनावलाई थप उजागर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button