१ बैशाख २०८३, मंगलवार

कर्णाली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीय बालक बेपत्ता

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–४ रावलवाडा निवासी धनबहादुर मल्लका ११ वर्षीय छोरा आकाश मल्ल कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्। आइतबार अपराह्न करिब ४ः३० बजेतिर पिपलमुडा स्थित हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा आकाश बगेको प्रहरी नायब उपरीक्षक रबिराज थपलियाले जानकारी दिए।

घटनाको खबर करिब ५ः४५ बजे अस्थायी प्रहरी पोस्ट तुम्च, हुम्लामा पुगेपछि प्रहरी टोली तत्काल परिचालन गरिएको थियो। प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा आकाशले लगाएको चप्पल र कपडा नदी किनारमा फेला परेको तर बालक भने बेपत्ता रहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी सोरु (मुगु) बाट करिब ३ घण्टाको दूरीमा पर्छ भने अस्थायी प्रहरी पोस्ट तुम्च (हुम्ला) बाट करिब ३ किलोमिटर दक्षिणमा रहेको छ। घटनापछि प्रहरी नायब निरीक्षक देवबहादुर खडकाको कमाण्डमा ४ जनाको अर्को टोली समेत परिचालन गरिएको बताइएको छ। हाल बालकको खोजतलास कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button