९ बैशाख २०८३, बुधबार

‘ढिलासुस्ती स्वीकार्य छैन’ भन्दै गृहमन्त्रीद्वारा नारायणगढ-बुटवल सडकको स्थलगत अनुगमन, चिनियाँ ठेकेदारलाई १५ दिने अल्टिमेटम

चितवन, — गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडक खण्डको आज स्थलगत अनुगमन गरेका छन्। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त रणनीतिक महत्त्वको सडकको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न कडा निर्देशन दिए।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। उनले चिनियाँ ठेकेदार कम्पनीलाई विशेष रूपमा ध्यानाकर्षण गराउँदै कामको गति बढाउन निर्देशन दिए।

गृहमन्त्री गुरुङले भने, “समयमा काम सम्पन्न नहुँदा यात्रुहरूले अत्यधिक सास्ती भोग्नु परेको छ। दैनिक आवागमन अवरुद्ध हुनाका साथै साँघुरो र धुलाम्मे सडकका कारण दुर्घटनाको जोखिम समेत बढेको छ। यस अवस्थाको चाँडो अन्त्य हुनुपर्छ।”

गृहमन्त्रीको निर्देशनपश्चात् निर्माण कम्पनीका प्रतिनिधिहरूले आगामी १५ दिनभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयसीमाभित्रै काम टुङ्ग्याउने जनाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button