१ बैशाख २०८३, मंगलवार

राष्ट्रपति सीको विशेष दूत साओ होङ कंगो गणतन्त्रका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुने

बेइजिङ, वैशाख १ — चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष दूत साओ होङले आगामी अप्रिल १६ तारिखका दिन कंगो गणतन्त्रको राजधानी ब्राजाभिलमा आयोजना हुने राष्ट्रपति डेनिस सासोउ-न्ग्वेसोको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार यसबारे औपचारिक घोषणा गरेका हुन्।

प्रवक्ताका अनुसार चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिका उपाध्यक्ष समेत रहेका साओ होङले राष्ट्रपति सासोउ-न्ग्वेसोको औपचारिक निमन्त्रणामा उक्त शपथ ग्रहण समारोहमा भाग लिन लागेका हुन्।

राष्ट्रपति सासोउ-न्ग्वेसो गत मार्चको मध्यतिर पुनः राष्ट्रपति पदमा निर्वाचित भएका थिए। सोही अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले गत मार्च ३० तारिखका दिन उनलाई कंगो गणतन्त्रको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना सन्देश प्रेषित गरिसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button