चीनद्वारा एकै उडानमा आठ उपग्रह अन्तरिक्षमा प्रक्षेपण, लिजियन-१ वाई१२ रकेटको सफल परीक्षण

छङ्दु चीन, वैशाख १ — चीनले मंगलबार दिउँसो लिजियन-१ वाई१२ (Lijian-1 Y12) वाहक रकेटमार्फत आठ वटा उपग्रहहरूलाई एकैसाथ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समय अनुसार दिउँसो १२ बजेर ३ मिनेटको समयमा उक्त रकेटले आकाशतर्फ उडान भरेको हो।
प्राप्त जानकारी अनुसार प्रक्षेपणपछि रकेटले ती आठवटै उपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थापित गराएको छ। यो प्रक्षेपण चीनको व्यावसायिक अन्तरिक्ष कार्यक्रमको पछिल्लो सफलता हो।





