१७ बैशाख २०८३, बिहीबार

मोदी भ्रमणले सर्यो सिक्किम कला उत्सव

गान्तोक, सिक्किम । सिक्किम कला तथा साहित्य महोत्सव (एसएएलएफ) २०२६ को दोस्रो संस्करण आगामी अक्टोबर महिनाका लागि सारिएको छ। आयोजक टोलीद्वारा जारी विज्ञप्ति अनुसार यही अप्रिल २६ देखि २८ सम्म हुने तय भएको उक्त महोत्सव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण कार्यक्रमसँग मिति जुधेपछि स्थगित गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न सिक्किम भ्रमणको मिति महोत्सवकै समयमा परेकाले सुरक्षा प्रोटोकल र अति विशिष्ट व्यक्ति (भीभीआईपी) भ्रमणका कारण कार्यक्रम सार्ने निर्णय गरिएको हो।” विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “चीन, भुटान र नेपालको सीमासँग जोडिएको सिक्किमको रणनीतिक अवस्थितिलाई ध्यानमा राख्दा यो राज्य सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील मानिन्छ।”

महोत्सवको मुख्य आयोजनास्थल रिज पार्क मुख्यमन्त्रीको सरकारी निवास (मिन्टोकगाङ) नजिकै उच्च सुरक्षा क्षेत्रअन्तर्गत पर्ने भएकाले प्रधानमन्त्री भ्रमणका बेला आवश्यक पर्ने कडा सुरक्षा व्यवस्थाका कारण महोत्सवका लागि चाहिने भौतिक पूर्वाधार निर्माण गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहज आवागमन सुनिश्चित गर्न र महोत्सवको मर्मअनुरूप खुला तथा स्वागतयोग्य वातावरण कायम राख्न कठिन हुने ठहर आयोजकले गरेको छ।

आयोजक टोलीले अक्टोबर महिनामा मनसुन सकिएर मौसम खुला हुने भएकाले कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन र बाहिरी सत्रहरूका लागि अनुकूल हुने भन्दै रणनीतिक रूपमै यो समय छनोट गरिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button