बाँके-२ मा एमालेको खाता खुल्यो, इस्टियाक राई विजयी

नेपालगञ्ज — प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले आफ्नो खाता खोलेको छ। बाँके–२ मा एमालेबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन्।

राईले २४ हजार ६२६ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीलाई पछि पारे। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरे। भने नेपाली कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० मत पाए।

यस क्षेत्रमा इस्लामिक समुदायबाट पहिलो पटक उम्मेदवार बनेका राईको जितले स्थानीय मतदातामा उत्साह छाएको छ। उनको जितले एमालेलाई पनि निर्वाचनमा ठूलो सफलता मिलेको छ। विजयी भएपछि राईले आफूलाई मतदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफूले क्षेत्रको विकास र जनताका समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button