सी–तो लाम संयुक्त उपस्थितिमा चीन–भियतनामबीच सहकार्य सम्झौतामा हस्ताक्षर

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङ र भियतनामी कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति तो लामले बुधबार बेइजिङमा सहकार्य सम्झौताहरूमा हस्ताक्षर समारोहमा संयुक्त रूपमा सहभागिता जनाएका छन्।
समारोहमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। दुवै नेताको उपस्थितिमा भएको यो हस्ताक्षरले चीन–भियतनाम सम्बन्धलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ। हस्ताक्षर समारोहमा कुन–कुन सम्झौतामा हस्ताक्षर भएको भन्ने विवरण सार्वजनिक गरिएको छैन।





