९ बैशाख २०८३, बुधबार

सिक्किम राज्य विद्युत नियामक आयोगमा सदस्य) तेम्पो ग्यात्सो भूटियाले लिए शपथ

गान्तोक। सिक्किम राज्य विद्युत नियामक आयोग (एसएसईआरसी) का सदस्य (कानुन) तेम्पो ग्यात्सो भूटियाले आज गोपनीयता र संविधानप्रति निष्ठाको शपथ लिएका छन्। सिक्किम सरकारको मुख्य सचिवको कार्यालयमा आयोजित समारोहमा मुख्य सचिव आर. तेलाङ, आइएएसको उपस्थितिमा उक्त शपथ गराइएको हो।

समारोहमा आयोगका सचिव, गृह सचिव, ऊर्जा सचिव, कानुन सचिव र आयोगका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सदस्य (कानुन) को नियुक्ति विद्युत ऐन, २००३ को धारा ८९ अन्तर्गत गरिएको हो। यसले राज्यको ऊर्जा क्षेत्रको नियामक ढाँचालाई सुदृढ पार्ने एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ। आयोगले विद्युत् क्षेत्रमा पारदर्शिता, दक्षता र निष्पक्षता सुनिश्चित गर्दै उपभोक्ता तथा सरोकारवालाहरूको हितको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ।

समारोहमा उपस्थित वरिष्ठ अधिकारीहरूले नवनियुक्त सदस्य (कानुन) लाई शुभकामना व्यक्त गर्दै उनको विशेषज्ञता र अनुभवले आयोगको प्रभावकारी कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। समारोह धन्यवाद प्रस्तावका साथ समाप्त भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button