९ बैशाख २०८३, बुधबार

मन्त्री नबन्दा बागलुङका प्रदेश सभा सदस्य कुँवरले दिए राजीनामा

बागलुङ। गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले पद त्यागेका छन्। आज प्रदेश सभा सभामुखलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्। कुँवर ०७९ मंसिर ४ गते सम्पन्न आम चुनावमा बागलुङ क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित भएका थिए।

राजीनामा पत्रमा कारण नखुलाए पनि मन्त्री बन्न नपाएपछि उनले यस्तो कदम चालेको बताइएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज क्याबिनेट पुनर्गठन गर्दा मन्त्रीका आकांक्षी कुँवर समेटिएनन्। उनले आफ्ना मतदातालाई धन्यवाद दिँदै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button