९ बैशाख २०८३, बुधबार

मध्यपूर्व शान्ति र स्थायित्वका लागि सी चिनफिङका चार प्रस्ताव

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्व क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न तथा प्रवर्द्धन गर्न चार बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।

उक्त प्रस्तावहरूमा मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूबीच सहकार्य, सार्वभौमिकताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना र विकास–सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइएको छ।

पहिलो प्रस्तावमा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा प्रतिबद्ध रहनुपर्ने उल्लेख गरिएको छ। खाडी क्षेत्रका देशहरू एकअर्काका नजिकका छिमेकी भएकाले उनीहरूबीच सम्बन्ध सुधार गर्न सहयोग गर्नुपर्ने, साथै साझा, व्यापक, सहकारी र दिगो सुरक्षा संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

दोस्रो प्रस्तावमा राष्ट्रिय सार्वभौमिकताको सिद्धान्तलाई महत्व दिइएको छ। प्रत्येक देशको अस्तित्व र विकासका लागि सार्वभौमिकता आधारभूत तत्व भएकाले यसको उल्लंघन हुन नहुने उल्लेख गरिएको छ। साथै, खाडी राष्ट्रहरूको सुरक्षा, भू–अखण्डता तथा संरचनाको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

तेस्रो प्रस्तावमा अन्तर्राष्ट्रिय कानुनको शासनप्रति प्रतिबद्ध रहनुपर्ने विषय समेटिएको छ। यसअन्तर्गत संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्था तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तहरूको पालना गर्नुपर्नेमा जोड दिइएको छ।

चौथो प्रस्तावमा विकास र सुरक्षाबीच सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गरिएको छ। सुरक्षालाई विकासको पूर्वशर्त र विकासलाई सुरक्षाको आधारका रूपमा लिँदै सबै पक्षले खाडी क्षेत्रको विकासका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्ने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button