इरानको ‘ड्रोन मुख्यालय’ मा इजरायली हमलाको दाबी, आक्रमण विस्तार गर्ने चेतावनी

तेल अभिव । इजरायली सेनाले सोमबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) को ड्रोन मुख्यालयमा हमला गरेको दाबी गरेको छ। इजरायलले इरानमा आफ्नो आक्रमण विस्तार गरिरहेको बताइएको छ।

एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले उक्त मुख्यालय इजरायलतर्फ ड्रोन प्रक्षेपण गर्न प्रयोग हुँदै आएको दाबी गरेको छ। विभिन्न क्षेत्रमा इरानी सरकारका ‘दर्जनौं’ पूर्वाधार प्रतिष्ठानहरूमा भएको हमलाको लहरको एक भागका रूपमा यो मुख्यालयलाई निशाना बनाइएको सेनाले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यी हवाई हमलाहरू इरानको मुख्य सैन्य संरचना र प्रणालीहरूमा क्षति पुर्याउने उद्देश्यले गरिएको अभियानको एक चरण थियो।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button