कार्की आयोगको प्रतिवेदन एकतर्फी र भ्रमपूर्ण रहेको वरिष्ठ पत्रकार राठौरको आरोप

काठमाडौं । जेनजी प्रदर्शनको जाँचबुझ गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनप्रति वरिष्ठ पत्रकार हरिहरसिंह राठौरले गम्भीर आपत्ति जनाएका छन्। उनले प्रतिवेदनलाई ‘सरासर भ्रमपूर्ण’ र ‘२४ गतेका अपराधीहरूलाई जोगाउने’ दस्तावेजको संज्ञा दिएका छन्।

पत्रकार राठौरले प्रतिवेदनको एकतर्फीपन र विभिन्न महत्त्वपूर्ण पक्षहरूको बेवास्ता गरेकोमा गम्भीर प्रश्नहरू उठाएका छन्। उनले विद्यार्थीहरूलाई उक्साउने र डिस्कर्डमा बहस गराउने मुख्य योजनाकारहरूबारे आयोगले किन अनुसन्धान नगरेको भनी प्रश्न गरेका छन्।

‘कार्की आयोगको प्रतिवेदनमा २३/२४ को कारबाहीबारे डिस्कर्डमा बहस गराएर विद्यार्थी उक्साउने को हो ?’ भन्दै उनले निषेधित क्षेत्रको सडक मात्रै भएको भए ठिकै थियो तर सांसद भवनकै पर्खाल भत्काउन उक्साउनेको पहिचान हुनुपर्नेमा जोड दिए।

उनले थप प्रश्न गरे, ‘विभिन्न दङ्गा नियन्त्रणका उपाय नअपनाइ सिधै गोली हान्ने प्रणाली के ? अनि २४ को विध्वंसबारे भनिरहन पनि परेन। यो दिन मृत्यु भएकाहरू, जेल फोड्ने, कैदी भगाउने र भाग्न उक्साउनेबारे बोल्न पर्दैन ?’

वरिष्ठ पत्रकार राठौरले यस्तो एकतर्फी प्रतिवेदन आउनेमा आफूहरू ढुक्क रहेको बताउँदै यसले देश फेरि अर्को भुमरीमा जाने निश्चित रहेको चेतावनी दिएका छन्। उनको यो टिप्पणीले कार्की आयोगको प्रतिवेदनको निष्कर्ष र सिफारिसप्रति गम्भीर प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button