१७ बैशाख २०८३, बिहीबार

संयुक्त राष्ट्रसङ्घ महासचिव चुनावमा ब्रिक्सको एकीकृत रणनीति

मस्को । रुसी विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठन विभागका निर्देशक किरिल लोग्भिनोभले आगामी संयुक्त राष्ट्रसङ्घ महासचिवको निर्वाचनबारे ब्रिक्स सदस्य राष्ट्र तथा साझेदार देशका दूतावासका प्रतिनिधिहरूका लागि अप्रिल १५ का दिन एक विशेष जानकारीमूलक बैठक आयोजना गरेका छन्।

बैठकमा लोग्भिनोभले संयुक्त राष्ट्रसङ्घको प्रमुख प्रशासनिक अधिकृत पदका उम्मेदवारहरूका लागि रुसले लागू गर्ने मापदण्डहरू प्रस्तुत गरेका थिए। उनले भावी महासचिवले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सम्पूर्ण सिद्धान्तहरूको तिनको पूर्णता र अन्तरसम्बन्धमा कडाइका साथ पालना गर्नुपर्ने, निष्पक्ष मार्ग अवलम्बन गर्नुपर्ने, एकताको एजेन्डा प्रवर्द्धन गर्नुपर्ने र सचिवालयभित्र पश्चिमा अधिकारीहरूको प्रभुत्वको विरोध गर्नुपर्नेमा विशेष जोड दिए।

रुसी अधिकारीले भने, “अन्यथा, संयुक्त राष्ट्रसङ्घले आफ्नो प्रभावकारिता र प्रतिष्ठा पूर्ण रूपमा पुनर्स्थापित गर्न सक्नेछैन।”

बैठकमा सहभागी ब्रिक्स सदस्य राष्ट्र तथा साझेदार देशका कूटनीतिज्ञहरूले विश्वव्यापी दक्षिण र पूर्वका देशहरूको वैध हितलाई समुचित रूपमा ध्यानमा राखिने सुनिश्चितता गर्न आगामी संयुक्त राष्ट्रसङ्घ महासचिवको निर्वाचनका क्रममा घनिष्ठ समन्वय कायम गर्न आफूहरू तयार रहेको पुष्टि गरेका छन्।

आगामी अप्रिल २१ का दिन संयुक्त राष्ट्रसङ्घ महासभामा सुरु हुन लागेको महासचिव पदका उम्मेदवारहरूसँगको ‘अन्तरक्रियात्मक संवाद’ ले सदस्य राष्ट्रहरूलाई आफ्ना अपेक्षाहरू व्यक्त गर्ने राम्रो अवसर प्रदान गर्ने सहमति पनि बैठकमा जुटेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button