इरानका सर्वोच्च नेता सुरक्षित रहेको पुष्टि, अमेरिकी–इजरायली आक्रमणको ‘हल्ला’ खारेज

तेहरान / अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका नवनियुक्त सर्वोच्च नेता आयतुल्लाह अली खामेनईका छोरा मोज्तबा खामेनई घाइते भएको भन्ने हल्ला चर्किएपछि आधिकारिक रुपमा त्यसको खण्डन गरिएको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियानका छोरा युसुफ पेजेश्कियानले बुधबार सर्वोच्च नेता पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिएका छन्।
युसुफ पेजेश्कियानले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘सम्पर्कमा रहेका केही मित्रहरूले सर्वोच्च नेता सकुशल रहेको पुष्टि गरेका छन्।’ उनले भन्सारी रुपमा यसअघि आएका समाचारहरूलाई निराधार भएको संकेत गर्दै नेता पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन्।
यसअघि केही सञ्चारमाध्यमहरूले अमेरिका–इजरायलको संयुक्त हमलामा मोज्तबा खामेनई घाइते भएको दाबी गरेका थिए। तर, इरानी अधिकारीहरूको यो वक्तव्यपछि त्यस्ता समाचारहरूले विश्वसनीयता गुमाएको छ। हाल इरानमा युद्धको १२औं दिन चलिरहेको छ भने दुबैतर्फबाट आक्रमण जारी छ। यस्तो संवेदनशील घडीमा सर्वोच्च नेता सुरक्षित रहेको पुष्टिले इरानी जनतामा केही राहत पु¥याएको छ।





