९ बैशाख २०८३, बुधबार

पूर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयमा एमाले महिला नेताहरूको जमघट, ‘भूमिगत महिला’ पुस्तकमाथि चर्चा

काठमाडौं, — नेकपा एमालेका प्रभावशाली महिला नेताहरू पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयमा जम्मा भएका छन्। ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायका योद्धा भूमिगत महिला’ शीर्षकको पुस्तकमाथि चर्चा गर्न आयोजित कार्यक्रमका लागि उनीहरू सो कार्यालयमा भेला भएका हुन्।

मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीसहित एमालेका प्रभावशाली महिला नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ। कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष तथा एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेत्री डा. बिन्दा पाण्डे, अखिल नेपाल महिला संघका पूर्व अध्यक्षहरू नवीना लामा, सुनिता बराल, आरती लामा, पूर्व उद्योग राज्यमन्त्री विमला विक लगायतका नेतृहरूको सहभागिता रहेको जनाइएको छ।

कार्यक्रम काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको मदन भण्डारी हीरक जयन्ती कार्यालयमा सम्पन्न भएको हो। गत वर्ष साउन महिनामा स्थापना भएको यही कार्यालयलाई पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक भेटघाट तथा सम्पर्क कार्यालयको रूपमा प्रयोग गर्दै आएकी छन्। पछिल्लो समय भण्डारीले विभिन्न राजनीतिक भेटघाटलाई तीव्रता दिएको सन्दर्भमा आजको कार्यक्रमलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button