९ बैशाख २०८३, बुधबार

रास्वपा संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन, सचेतकमा परियार र धिताल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बिहीबार बसेको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। यसैगरी, सचेतकको जिम्मेवारी दुई जनालाई दिइएको छ। सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई छनोट गरिएको एक सांसदले जानकारी दिए।

गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद रहेका बुर्लाकोटी रास्वपाका प्रभावशाली युवा नेतामध्ये पर्छन्। यसैगरी, सचेतकमा चयन भएका प्रकाशचन्द्र परियार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् भने अर्की सचेतक क्रान्तिशिखा धिताल पनि समानुपातिक तर्फबाटै प्रतिनिधिसभामा प्रवेश गरेकी हुन्।

यसअघि सोही बैठकले प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति तथा संयुक्त समितिहरूका लागि पार्टीका तर्फबाट सभापतिका उम्मेदवारहरूको नामावली समेत टुङ्गो लगाइसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button