३ बैशाख २०८३, बिहीबार

सिङ्ताम नजिकै सवारी दुर्घटनामा युवतीको मृत्यु, चालक घाइते

सिङ्ताम, सिक्किम — वैशाख ३। पूर्वी सिक्किमको सिङ्ताम नजिकै राष्ट्रिय राजमार्ग १० अन्तर्गत साङ्खोला सुमिन फाटक क्षेत्रमा बिहीबार बिहान भएको एक सवारी दुर्घटनामा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार बिहान करिब ८:४० बजेको समयमा गान्तोकतर्फ जाँदै गरेको एसके ० पीबी ३७८५ नम्बरको आई२० एक्टिभ कार अनियन्त्रित भई सडकबाट तल खसेको थियो। उक्त सवारी साधनमा चालकसहित दुई जना सवार रहेका थिए— सवारी धनी शिव क्षेत्री र एक महिला।

दुर्घटनामा परी शिव क्षेत्रीको हातमा फ्र्याक्चर भएको छ भने ती महिलाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी र उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाएको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button