९ बैशाख २०८३, बुधबार

रुसी संसद अध्यक्ष भालेन्तिना मात्भियेन्को र टर्किएका राष्ट्रपति एर्दोआनबीच इस्तानबुलमा वार्ता

युक्रेन समाधानमा इस्तानबुल मञ्चको सम्भावनामा सकारात्मक चर्चा

टर्किए — वैशाख ४। रुसी महासङ्घको सङ्घीय परिषद्की अध्यक्ष भालेन्तिना मात्भियेन्को र टर्किए गणतन्त्रका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच अप्रिल १६ तारिखका दिन इस्तानबुलमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धका प्रमुख आयामहरूका साथै मध्यपूर्व र पर्सियन खाडी क्षेत्रको अवस्थालगायत समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा विचारविमर्श गरे। वार्तामा रुस र टर्किएबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

यसैगरी, युक्रेन सङ्कटको तीव्र र व्यापक समाधान हासिल गर्नुपर्ने महत्त्वमा दुवै पक्षले सहमति जनाउँदै यस सन्दर्भमा इस्तानबुल मञ्चको सम्भावनालाई सकारात्मक रूपमा लिएको बताइएको छ।

भेटका अवसरमा अध्यक्ष मात्भियेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट राष्ट्रपति एर्दोआनलाई हार्दिक शुभकामना तथा सद्भाव सन्देश व्यक्त गरिन्।

यसअघि, अध्यक्ष भालेन्तिना मात्भियेन्कोको नेतृत्वमा रहेको रुसी संसदीय प्रतिनिधिमण्डल १५२औं अन्तर-संसदीय सङ्घ (आईपीयू) महासभामा सहभागी हुन अप्रिल १५ तारिखका दिन टर्किए आइपुगेको थियो। उक्त महासभा अप्रिल १५ देखि १९ सम्म इस्तानबुलमा सञ्चालन हुने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button