कांग्रेसको अनुशासन समितिले उजुरी अध्ययन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन अघि बढाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले हालसम्म प्राप्त उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यस निर्णयसँगै पार्टीभित्रको अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको औपचारिक रुपमा छानबिन प्रक्रिया सुरु हुने विश्वास लिइएको छ। अनुशासन समितिले पार्टीको अनुशासन कायम राख्न र उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button