बास्कोटाको प्रहार : ‘तामाङ चरम अवसरवादी, कोदोवारी फाँडेसरह व्यवहार’

काठमाडौं – नेकपा एमालेभित्रको आन्तरिक किचलो पुनः सतहमा आएको छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफ्नै पार्टीका नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।

बास्कोटाले तामाङलाई “चरम अवसरवादी पात्र”को संज्ञा दिँदै आफूमाथि भएको टिप्पणीको भर्त्सना गरेका हुन्। आफूले राखेको विचारका कारण तामाङले सार्वजनिक रुपमा आफूमाथि प्रहार गरेको भन्दै उनले यसलाई “कोदोवारी फाँडेसरह”को संज्ञा दिएका छन्। यस घटनाले पार्टीभित्र लामो समयदेखि रहँदै आएको मनमुटाव र गुटगत स्वार्थ उजागर भएको बास्कोटाको भनाइ छ।

आक्रोशित बास्कोटाले तामाङको राजनीतिक विगत कोट्याउँदै उनलाई व्यक्तिगत स्वार्थका लागि पटक-पटक पार्टी र गुट फेरिरहने नेताको रुपमा चित्रण गरे। आफू र आफ्नी श्रीमतीको पद प्राप्तिका लागि तामाङले कहिल्यै पनि सिद्धान्तलाई वास्ता नगरेको आरोप लगाउँदै उनले पार्टी फुटाउन समेत तामाङ पछि नपर्ने दाबी गरे।

“वि.सं. २०३८ पछिको इतिहास कोट्याएर हेर्नुस्,” बास्कोटाले चुनौती दिँदै भनेका छन्, “पदका लागि गुट बदल्ने र पार्टी फुटाउने कार्यमा उनी कहिल्यै पछि परेनन्।” बास्कोटाको यो पोष्टलाई एमालेभित्रको आन्तरिक किचलोले उग्र रुप लिएको संकेतका रुपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button