चीनद्वारा उच्च परिशुद्धतायुक्त हरितगृह ग्यास पत्ता लगाउने उपग्रहको सफल प्रक्षेपण

जिउक्वान, चीन — वैशाख ४। चीनले शुक्रबार दिउँसो लङ मार्च-४सी वाहक रकेटमार्फत उच्च परिशुद्धतायुक्त हरितगृह ग्यास पत्ता लगाउने उपग्रहलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समय अनुसार दिउँसो १२ बजेर १० मिनेटको समयमा रकेटले आकाशतर्फ उडान भरेको थियो।
प्रक्षेपणपश्चात् उपग्रहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गराइएको जानकारी अधिकारीहरूले दिएका छन्। यो लङ मार्च शृङ्खलाको रकेटको ६३८ औं उडान अभियान हो।





